In this article and video contains the exercises of chapter 1 of Nepali chapter “Bir Purkha”.Bir Purkha – All Exercise Solved, Class -11, New Course – 2079
Bir Purkha Complete Exercise
- |नामः प्रा. डा. वासुदेव त्रिपाठी
- जन्मस्थानः गण्डकी अञ्चल, तनहुँ जिल्ला, भानु नगरपालिका, वडा नं. १, भानुनगर ।
- जन्ममितिः वि. सं १८८८ साल चैत्र १३ गते ।
- मातापिताः माता गोमा त्रिपाठी र पिता प्रेमदत्त त्रिपाठी शिक्षाः एम. ए. (नेपाली र अङ्ग्रेजी विषयमा ), पि. एच. डी. : नेपाली विषयमा पहिलो विद्यावारिधि |
- सेवाः प्राध्यापन, नेपाली केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर प्राज्ञिक पद उपकुलपति नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान आजीवन सदस्य : :
- लेखन तथा अनुसन्धानः नेपाली काव्य, गीत, निबन्ध, बालसाहित्य, नेपाली साहित्य सिद्धान्त र समालोचना, यो दुनिया तिम्रै हो –पहिलो कविता, २०१७ सालमा हिमाल पत्रिकामा प्रकाशित । प्रमुख कृतिहरुः १. तीन थुड़ा ( काव्य सङ्ग्रह): २०४५, २. देशको महिमा (खण्डकाब्य ) २०४६ ३. नव पल्लव (गीत सङ्ग्रह): २०४६, ४. सम्भन्ना कुञ्ज (कविता, काब्य र गीतिको सङ्ग्रह): २०६६, ५ जीवन निकुञ्ज (कविता, काब्य र गीतिको सङ्ग्रह): २०६७, ६. रचना कुञ्ज (कविता, काब्य र गीतिको सङ्ग्रह, भाग १ र २): २०६८, ६८, ७. मधुकुञ्ज – कविता काव्य सङ्ग्रह) २०७० का साथै थुप्रै समालोचनात्मक कृति एवं सम्पादन कार्य,
- प्रमुख पुरस्कारः महेन्द्र विद्याभूषण, मदन पुरस्कार, गोरखा दक्षिणबाहु लारी स्वर्ण पदक, रत्नश्री पुरस्कार | : नेपाली समालोचनाका सम्राट, देशभक्त कवि, मानवतावादी, प्रकृतिप्रेमी, भाषा एवं संस्कृतिप्रेमी अथकसाधक |
” वीर पुर्खा ” कविताको मूल भाव
वीर पुर्खा ' कविता हाम्रो देशका महान् देशभक्त सपूतहरुलाई सम्बोधन गर्दै वीरहरुको त्याग, तपस्या र बलिदानको | यशोगान गाइएको वीर रसप्रधान झ्याउरे लय (४+४+४+४=१६अक्षर) मा संरचित उत्कृष्ट कविता हो । कविको | देशभक्ति भावनालाई छताछुल्ल रुपमा पोखिएको यस कवितामा आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर राष्ट्र र | राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठानी देश र जनताको भलाइका लागि प्राण उत्सर्ग गर्ने ती महन् देशभक्त वीर पुर्खाहरुकै | योगदानले नै नेपाल विश्वमानचित्रमा स्वतन्त्र, स्वाधीन, अखण्ड, सार्वभौमसत्ता सम्पन्न राष्ट्र बन्न सकेको ऐतिहासिक | तथ्यलाई मार्मिक रुपमा चित्रण गरिएको पाइन्छ । ऐतिहासिक कालखण्डमा बाइसे चौविसे राज्य रजौटाहरुमा विभाजित | हाम्रो देश नेपाललाई एकताको मालामा उनी सिगो अखण्ड सुन्दर शान्त विशाल राष्ट्र नेपालको एकीकरण गरी राष्ट्रिय | स्वाधीनतालाई मजबुत बनाउने नेपाल आमाका देशभक्त सपूत शूरवीर विश्वविजेता बहादुर वीर गोर्खाली नेपाली पुर्खाहरुको वीरताको गाथालाई मर्मस्पर्शी रुपमा सुन्दर चित्रण गरिएको छ । नेपाल पुर्खाको रगत, पसिना, त्याग, तपस्या र बलिदानले आर्जेको मुलुक हो । हाम्रो देश पुर्खाको त्याग र बलिदानको आधारस्तम्भ हो, जसलाई सबै नेपाली मिली | समृद्ध महल बनाई सजाउनुपर्छ, पुर्खाले देखाएको राष्ट्रिय मार्ग अवलम्बन गर्नुपर्छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने उक्तिलाई मनन गर्नुपर्छ भन्नेभाव समेटिएको छ, यस कवितामा । नेपाली मानस्पटलमा सुषुप्त अवस्थामा | रहेको देशभक्ति भावना उजागर गरी वीरताको भावना एवं राष्ट्रिय चेतना जगाउने प्रयास गर्नु नै यस कविताको मूल भाव हो |
Links
Facebook : https://www.facebook.com/revisionnepal18
Tikok : https://www.tiktok.com/@revisionnepal18
YouTube : https://www.youtube.com/channel/UCEmWwvwODypOO86lCDU0gwQ
Email : revisionnepal18@gmail.com
In case of any problem feel free to share us on a comment or on our official Facebook page