Ghanghasyako Ukalo Kattha

This article contains the exercises of chapter 3 of the Nepali chapter “Ghanghasyako Ukalo Kattha”.Ghanghasyako Ukalo Kattha – All Exercise Solved, Class -12, New Course – 2079

Video Preview of Ghanghasyako Ukalo Kattha

Image Preview of Ghanghasyako Ukalo Kattha

नियात्राकारको परिचय र प्रवृत्तिः

| तारानाथ शर्मा (ताना शर्मा) को जन्म वि.सं. १९९१ असार ९ गते इलामको बरबोटे भन्ने ठाउँमा भएको थियो । उनले | अङ्ग्रेजीमा विद्यावारिधि गरेका छन् । झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक हुन् । उनी नेपाली भाषा र साहित्यमा झर्रोवादीका रूपमा चिनिन्छन् । शर्मा लामो समय प्राध्यापन पेसामा संलग्न रहेका थिए ।

प्रमुख कृतिहरूः

  • नियात्रा ÷ निबन्ध सङ्ग्रह.
  • बेलायततिर बरालिँदा (२०२६) नमस्ते (२०१८), जमर्काहरू (२०२५), जीवनका छाल (२०३०),
  • पाताल प्रवास (२०४२), श्रद्धाका समन (२०४४) आदि

प्रमुख प्रवृत्तिहरूः

  • नियात्रा विधाका प्रारम्भकर्ता,
  • उत्कृष्ट, सफल र सशक्त स्रष्टा,
  • राष्ट्रवादी, मौलिक र सहज रचना,
  • आत्मपरक शैलीका प्रयोक्ता,
  • जीवन र जगतको गहन पक्षको उद्घाटन र यात्रावर्णन आदि । 

नियात्राको मूलभाव र सन्देशः

बेलायततिर बरालिँदा नियात्रासङ्ग्रहमा रहेको नियात्रा विधाको उत्कृष्ट रचना हो । यसमा प्राकृतिक रुपमा अद्वितीय तर भौगोलिक रूपमा विकट सुदूरपश्चिमको डडेलधुरा यात्राको रोचक अनुभव वर्णन | गरिएको छ । नियात्राकार जीवनलाई एउटा नटुङ्गिने यात्रा मान्दछन् । नेपाललाई माया गर्ने नियात्राकार | राष्ट्रको हरेक भागलाई उत्तिकै स्नेहसित मुटुमा सँगाल्छन् । यस क्रममा घनघस्या जस्ता प्रकृतिको | वरदान पाएका स्थलको विकास र प्रचार प्रसारमा राज्यको ध्यान जानुपर्छ र यस्ता स्थानहरूको उन्तति | प्रगति नभई नेपालको उन्नति हुँदैन भन्ने कुरामा जोड दिएका छन् । विदेशमा मात्र जाने होइन नेपालका |कुना कुना घुमेर प्रकृतिको आनन्द लिनसके आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न सकिने कुरामा पनि नियात्राकारले जोड दिएका छन् । अहिलेका साहसिक पैदल यात्रा (Adventures) रुचाउनेहरुका |लागि घनघस्या उत्कृष्ट गन्तव्य हुन सक्नेतर्फ पनि नियात्राकारले ध्यानाकर्षण गराएका छन् । 

Don’t miss our English Grade 12 Guide

To know more about English grade 12 English click the button below :

Links

Facebook : https://www.facebook.com/revisionnepal18

Tikok : https://www.tiktok.com/@revisionnepal18

YouTube : https://www.youtube.com/channel/UCEmWwvwODypOO86lCDU0gwQ

Email : revisionnepal18@gmail.com

If you like the post don’t forget to share it on your social media

In case of any problem feel free to share us in a comment or on our official Facebook page

Leave a Reply

Your email address will not be published. Required fields are marked *