This slide contains the exercises of chapter 11 of Nepali chapter “Sahakari”.Sahakari – All Exercise Solved, Class -12, New Course – 2078
निबन्धको संक्षिप्त विषयवस्तु :
१, आदि खण्ड :
आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी हो । सहकारी
सहकार्य गर्ने साथीहरुले आर्थिक समृद्धि र विकासका लागि मिलीजुली स्थापना गरेका हुन्छन् । सर्वप्रथम बेलायती विद्वान्
रोबर्ट ओवबेन (सन्. १७७१-१८४ट८) सहकारीसम्बन्धी महत्वपूर्ण विचार प्रस्तुत गरेकाले उनलाई आधुनिक सहकारीका पिता
भनिन्छ । उनले सहकारीमा ब्यक्तिगतभन्दा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिएका छन् । सामूहिक आर्थिक
क्रियाकलापमा जोड दिने सहकारीका माध्यमबाट बेलायतले छोटो समयमा ने लोभ लाग्दो आर्थिक समृद्धि र विकास गरेको
छ । सहकारीको अवधारणा बेलायतबाट आए पनि यसको पूर्वरुप चाहिँ पूर्वीय सभ्यताको वेदिक वाङ्मयका साथै पौराणिक
वाङ्मय र बौद् दर्शनमा पनि मानिसको सुखसमृद्धिका लागि समूहको बसाइ, सहयात्रा र सहकार्य आवश्यक छ भनिएकाले
सहकारी पूर्वीय वाङ्मय चिन्तनको सार ह्यो । वर्तमान मानव सभ्यताको विकास पनि ब्यक्तिका बिचको पारस्परिक सह्घयोग
र सहकार्यबाट ने सम्भव भएको हो । एकआपसमा सहृयोग र सहकार्यको आवश्यकता महसुस भएपछि ने ‘एकका लागि
सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ सहकार्यका लागि स्थानीय स्तरमा अनौपचारिक सङ्गठन खडा गरिएको
देखिन्छ । हिन्दु संस्कृतिका समूह, मण्डल, गण, गुरूकुल एवम् बुद्न धर्मका सङ्घ, नेवारी समुदायमा प्रचलित गुठी, मङ्का
खल, नेवा दबू ग्रामीण समाजमा प्रचलित भारोपर्म, धर्मभकारी, एँचोपँँचो, सरसापट सहकारीका आदि रुप हुन् ।
२. मध्य खण्ड :
सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा भए तापनि आर्थिक समृद्धि र विकासमा सहकारीको विशिष्ट महत्त्व भएकाले सबै देशले
सहकारीको स्थापना गरी सञ्चालन गर्दा धेरै देशको आर्थिक समृद्धि भएकाले संयुक्त राष्ट्र सङ्घले सहकारीलाई आर्थिक, सामाजिक र
साँस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गरी सबै देशलाई सहकारीमार्फत देश विकास गर्न सुझाव दिएको छ । नेपालमा
सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सरकारी स्तरमा बि.सं. २०१० मा तत्कालीन योजना तथा बिकास मन्त्रालयअन्तर्गत
सहकारी विभागको स्थापना भएको थियो । बि.सं. २०१३ मा चितवनमा नेपालको पहिलो सहकारी बखान क्रण सहकारी संस्था स्थापना
हुनुका साथै १३ ओटा सहकारीको स्थापना भएको थियो । सहकारी स्थापना भएपछि तिनको सञ्चालन, निर्देशन र नियन्त्रण गर्ने कानुनको
आवश्यकताबोध भएपछि वि.सं. २०१६ मा सहकारीसम्बन्धी ऐन पनि बन्यो । यसपछि संवैधानिक अधिकारको प्रयोग गरी सहकारीका
माध्यमबाट आत्मनिर्भर, दिगो एवम् समाजवाठउन्मुख राष्ट्रिय अर्थतन्त्रको बिकास गर्ने मुख्य उद्देश्यका साथ सहृकारीसम्बन्धी बिभिन्न ऐन,
नियमावली, नीति र निर्देशिका तयार भएका छन् ।
१८८४ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घको स्थापना भई यसले सहकारीका आधारभूत र नेतिक मूल्यलाई समेटेर सहकारी स्थापनाका
स्वैच्छिक तथा खुला सदस्यता, सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक
सहयोग, समुदायप्रतिको सरोकार, शिक्षा, तालिम र सूचना जस्ता निर्देशक सिद्ठान्त तयार पारेको छ । यिनै निर्देशक सिद्ठान्तलाई अनुसरण
गरी विश्वका अधिकांश देशमा सहकारीलाई अघि बढाइएको छ । स्वतन्त्रताका लागि स्वावलम्बन, समुन्नतिका लागि पारस्परिकता र
दुवैका लागि सहकारिता’ सहकारीको नारा रहेको छ । सहकार्य गर्दा आम जनसमूहमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत
उपयोग भई यसबाट आर्थिक उन्नति हुने भएकाले ब्यक्ति आत्मनिर्भर बन्नुका साथै समाजको उन्नति हुन्छ ।
निश्चित समुदायका सदस्यले आफ्नो इच्छाअनुसार मिल्रेर सहकारीको स्थापना गर्ने भएकाले सहकारी स्वैच्छिक साझा
संस्था भएकाले संस्थामा आबद्ख सदस्यबिच लिङ्ग, वर्ग, वर्ण, जातजाति, धर्म र राजनीतिक आधारमा भेदभाव हुँदैन ।
स्वैच्छिक तथा खुला सदस्यताको ब्यवस्था भए पनि सहृकारीमा सदस्य बन्नका लागि संस्थाबाट जारी हुने सेयर अनिवार्य
रुपमा खरिद गर्नुपर्ने, १६ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने, सहकारीको कम्तीमा एक कित्ता सेयर खरिद गरेको हुनुपर्ने र
सहकारीको तोकिएको कार्यक्षेत्रमा बसोबास गरेको हुनुपर्ने जस्ता निश्चित मापदण्ड तयार पारिएको छ भने एक ब्यक्ति एकै
समयमा एकभन्दा बढी समान प्रकृतिका सहकारीको सदस्य बन्न नमिल्ने, सहकारीमा एकदेखि लिएर थुप्रे सेयर पनि किन्न
सकिने, जति ने सेयर किने पनि भोटको सङ्ख्या भने एक मात्र हुने, नयाँ सदस्य र पुराना सदस्यका बिचमा पनि मतदान
र बिचार ब्यक्त गर्ने काममा केही भेदभाव नगरिने, संस्थाको पुँजीमाथि सबै सदस्यको समान स्वामित्व हुने, सहकारीको
नाफा सदस्यको सेयर पुँजीका आधारमा सीमित बचत फिर्ता पाउने तथा संस्थाले आर्जन गर्ने मुनाफाबाट संरक्षित पुँजी
फिर्ता कोष, बोनस कोष, जगेडा कोष, शिक्षा कोष, घाटा पूर्ति कोष खडा गरी संस्थागत विकास र सदस्यको सेवा तथा
सुबिधा सुनिश्चित गरिएको हुन्छ । सहकारी लोकतान्त्रिक संस्था भएकाले सहकारीका सदस्यहरू आफूनो संस्थाको नीति
तय गर्न र निर्णय गर्नमा सक्रिय रुपमा सहभागी हुन्छन् । सहकारी स्वायत्त संस्था पनि हो त्यसैले संस्थाको सञ्चालन
तथा कामकारबाहीमा सरकार तथा अन्य बाह्य निकायको हस्तक्षेप हुँदैन । सहकारीमा मूलतः कानुनी शासन, पारदर्शिता र
जबाफदेही ढङ्गले संस्था चलाउने गरिन्छ ।
३. अन्त्य खण्ड :
नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने देखिएकाले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता
सबैतिरबाट महसुस गरिएको छ । सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गरी विश्वब्यापीकरणको बढ्दो
प्रभावलाई चिर्दै हामीले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेमा हामी आत्मनिर्भर बन्न सक्दछौँ । सहकारीले वित्तीय र
सामाजिक दुवै क्षेत्रमा काम गरे पनि यसका मूल्यमान्यता, सिद्वान्त, कार्यप्रकृति, नीति, उद्देश्य तथा कार्यक्रमका आधारमा यी
दुवै किसिमका संस्थाभन्दा सहकारी नितान्त पृथक् छ । केही सञ्चालकले सहकारीका मूल्यमान्यता र सिद्वान्तको पूर्णतः
उपेक्षा गरी वेयक्तिक स्वार्थबाट प्रेरित भएर संस्था सञ्चालन गरिरहेकाले विपन्न वर्गका ब्यक्ति सहकारीबाट लिन सक्ने
फाइदाबाट बञ्चित भएका छन् त्यसैले सहकारीबाट सर्वसाधारण सबै समान रुपमा लाभान्वित होउन् भन्ने उद्देश्यले
सरकार र सम्बद्ख सबै पक्ष यसप्रति समयमै सचेत हुनुपर्दछ । सहकारीबाट स्वदेशमै रोजगारीको सिर्जना हुने भएकाले यो
आत्मनिर्भरता र विकासको प्रमुख माध्यम बन्न सक्छ । यो उद्यमशील संस्था भएकाले यसअन्तर्गत धेरै उद्यमशील र
सिर्जनशील प्रकृतिका कार्य समाबिष्ट छन् । सहकारीका माध्यमबाट यिनको ब्यवस्थापन गर्ने हो भने स्वदेशमै रोजगारी
सिर्जना भई लाखौँ युवा विदेसिनुपर्ने स्थितिको अन्त्य हुन्छ । सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास
तीव्र रुपमा अघि बढी परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको बिकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ भई नेपाल
संसारकै समुन्नत र सुखी मुल्लुक बन्न सक्छ ।
Credit : Durga Tripathi